सन्धर्भ माया को

सन्धर्भ माया को,

माया सब्द सुन्न साथ नै हामी माया मा डुब्न तल्लिन हुन्छम।  सायद सब्द नै त्यतै होला जसले बार बार आफु तिर हामीलाई तानी रहेको हुन्छ। यो दुइ अच्छेर ले बनेको सब्द को  मूल्य सायद हामी मद्धे कमै ले मात्र बुझेका छौ होला। यो सब्द पटक पटक प्रगोग मा आउछ र हामी यो सबलाई पटक पटक बदनाम पनि गरि रहेका हुन्छम । तर माया भनेको क हो ? के त्यो बदनाम भएरहेको सब्द नै माया हो ? सायद माया सब्द सुन्न साथ हामी मद्धे  धेरै को मानसपटल मा आफ्नो आमा ,बुवा, परिवार, साथी र आफ्नो प्रेमी को चित्र कोरियो होला। तर चित्र कोरियो भन्दै  मा त्यो माया नै हो ? माया के हो?  के त्यो कहिले कसैले बुझेको छ ?  सबै को लागि माया को परिभासा बेग्लै हुन्छ। कतिले साथ लै माया को परिभासा मा समाबेश गर्छन भने कति ले आफ्नो पन लै।  तर दुवै जना को माया को अन्तिम अर्थ भने एउतै नै हो। प्रेमी संग चद्दिक आवास पनि माया हो र आमा ले हानेको दुइ लौरो पनि माया नै हो।  घर मा दादा ले बेला बेला किच किच गर्नु पनि माया नै हो र , साथी ले ठट्टा गर्नु पनि माया नै हो। आमा को निस्वार्थ पन पनि माया नै हो र बुवा को बलिदान पनि माया नै हो। माया को संदर्व र भाव मान्छे बिशेष अनुसार फरक हुन्छ। यति सबै हुदा हुदै पनि सायद इर्ष्य पनि माया हो र घृणा पनि माया नै हो। हामी वारी परि रहेको हरेक  थोक हरेक  प्राणी माया हो।  येदि  सबै थोक  माया नै हो भने  हामी किन माया को पछि भागी रहेका हुन्छौ र माया हाम्रो पछि किन भाग्दैन ? त्यो भाव जसले हामीलाई बार बार तद्पएरहेको हुन्छ र हामीलाई बार बार खुसि को अनुभव का लागि आफु तिर तानी रहेको हुन्छ, सायद त्यहि भाव नै माया हो।अथवा माया भनेको सायद हाम्रो जीवन हो, जसमा हामीले खुसि र दुख दुवै को अनुभूति समय समय मा गरि रहेका हुन्छम। कि माया भनेको  त्यो साथ हो जुन हामी हाम्रो जीवन को हरेक पल मा खोजि रहेका हुन्छम।   

तर त्यहि  पनि खास मा माया भनेको चाही  के हो ? 

Comments

Popular posts from this blog

To all the boys i have loved before

The Criminal I most fascinate about, A serpent or a Master Mind?

The forbidden feeling